प्रधानमन्त्री शाह सदनप्रति जवाफदेही भएनन् : कांग्रेस सांसद
annapurnapost.com · Tue Aug 11 08:07:55 GMT 2026

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह संसदप्रति जवाफदेही नभएको आरोप लगाएको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद भरत कुमार स्वारले प्रधानमन्त्रीले भारतसँगको सीमा विवादबारे जिम्मेवार अभिव्यक्ति नदिएको र संसदमा माफी माग्नुको साटो आफू ’नाकाबन्दी वा घेराबन्दीमा परेको’ भन्दै अभिव्यक्ति दिएकोमा आपत्ति जनाए।
उनले भ्रष्टाचार नियन्त्रणका लागि सबै नेता तथा जनप्रतिनिधिहरूको सम्पत्ति,सुनचाँदी र जमिनको फाइल खोलेर निष्पक्ष छानबिन गर्न चुनौती समेत दिए। उनले विभिन्न घटनाका छानबिन प्रतिवेदन पारदर्शी तरिकाले जनतासामु ल्याउन प्रधानमन्त्रीलाई कसले रोकेको छ? भन्दै प्रश्न गरे। त्यस्तै अन्य विपक्षी सांसदहरूले पनि सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिएसम्म विरोध कायमै रहने धारणा राखेका छन् ।
Read full story at source (annapurnapost.com)