नेकपा सांसदले भने : ग्यास अभाव प्रधानमन्त्रीलाई थाहा नहुन सक्छ, किनकि प्रधानमन्त्री गुप्तवास हुनुहुन्छ
himalpress.com · Tue Aug 11 08:23:19 GMT 2026

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले प्रधानमन्त्री बालेन्द्र शाह बालेन गुप्तवासमा भएको टिप्पणी गरेका छन्। ‘अहिले देशमा ग्यासको हाहाकार भएको छ । प्रधानमन्त्रीज्यू गुप्तवासमा हुनुहुन्छ । उहाँलाई यो ग्यासको हाहाकारबारे थाहा नहुन सक्छ’ सांसद शर्माले प्रतिनिधिसभाको बैठकमा भने ।
सरकारले ग्यासको विकल्पको रुपमा विजुलीको प्रयोगलाई प्रोत्साहन गर्न सकिने पनि उनले बताए । संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुन नसकेको, प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण आउन नसकेको भनेर उनले सभामुखको ध्यानाकर्षण गरे । प्रधानमन्त्रीको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति हटाउन पनि उनले सभामुखसँग आग्रह गरे ।
Read full story at source (himalpress.com)