ट्रेड युनियनको कब्जामा राष्ट्र बैंक, संगठनका सदस्य कर्मचारीभन्दा धेरै
onlinekhabar.com · Tue Aug 11 08:16:05 GMT 2026

२६ साउन, काठमाडौं । सरकारले सरकारी कर्मचारी तथा शिक्षकलगायतका ट्रेड युनियन खारेजीको प्रक्रियामा लगे पनि वित्तीय क्षेत्रको नियामक नेपाल राष्ट्र बैंक भने अझै पनि मजदुर संगठनको दबदबा कायमै छ ।
राष्ट्र बैंकमा कुल ११ सय ६६ कर्मचारी कर्मचारी छन् । तीमध्ये ८ सयभन्दा बढीले कुनै न कुनै ट्रेड युनियनको सदस्यता लिएको नेपाल राष्ट्रबैंक स्रोतले जानकारी दियो । यसको अर्थ राष्ट्र बैंकका कुल कर्मचारीमध्ये करिब ७० प्रतिशत ट्रेड युनियनमा आबद्ध भएको कर्मचारी संगठनहरूकै दाबी छ ।
Read full story at source (onlinekhabar.com)