जर्मनीमा लगातार तीन दिन तापक्रमको नयाँ कीर्तिमान, ४१.७°C पुग्दा यातायात प्रभावित र जंगलमा आगलागी
barnanmedia.com · Tue Jun 30 07:48:07 GMT 2026

काठमाडौं: जर्मनीले लगातार तीन दिनसम्म आफ्नो इतिहासकै उच्च तापक्रमको नयाँ कीर्तिमान कायम गरेको छ। जर्मन मौसम सेवा (DWD) का अनुसार जुन २८ मा ब्रान्डेनबर्ग राज्यको कोशेन (Coschen) मा ४१.७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ, जुन जर्मनीमा हालसम्मकै सबैभन्दा उच्च तापक्रम हो। यसअघि लगातार दुई दिन ४१.३°C र ४१.५°C को नयाँ रेकर्ड बनेका थिए।
चरम गर्मीका कारण देशका विभिन्न क्षेत्रमा पूर्वाधारमा समेत असर परेको छ। लाइपजिगमा अत्यधिक तापका कारण ट्रामका रेलमार्ग बांगिनु र ट्र्याकमा प्रयोग गरिएको बिटुमेन पग्लिन थालेपछि ट्राम सेवा अस्थायी रूपमा स्थगित गरिएको छ। केही स्थानमा रेल सेवामा समेत अवरोध देखिएको अधिकारीहरूले जनाएका छन्।
Read full story at source (barnanmedia.com)