वर्षमा ४५ लाख रुपैयाँसम्मको गड्यौला मल बेच्छन् सन्त
clickmandu.com · Tue Aug 11 09:12:29 GMT 2026

सर्लाही । सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश पलायनले थिलथिलो बनाएको समाजमा सीप र मेहनतले जुनसुकै पेसा गरेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेका छन् । लालबन्दी नगरपालिका–२, जुटपानी निवासी ५७ वर्षीय लोप्चनले जैविक र गड्यौला मल बिक्री गरेर मनग्य आम्दानी गरिरहेका हुन् ।
चौध वर्षदेखि घरमै सञ्चालन गरेको फर्मबाट उत्पादन गरेको जैविक र गड्यौला मल बेचेर उनले विदेशको भन्दा धेरै आम्दानी गर्न सफल भएका छन् । “मेहेनत गर्ने हिम्मत र हातमा सीप भए एक दुई लाख कमाउन विदेश जानु पर्दैन”, लोप्चनले भने । धमाधम मल प्याकिङ गरिरहेका लोप्चनले किसानहरूको मागअनुसार मल दिन नसकेको बताउँछन् ।
Read full story at source (clickmandu.com)