नेप्से लगभग स्थिर, कारोबार ४ अर्ब ११ करोड रुपैयाँ पुग्यो
bishowkhabar.com · Tue Aug 11 09:52:55 GMT 2026

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले बढ्दै लगभग स्थिर अवस्थामा बन्द भएको छ । सोमबार २६४१.०५ विन्दुमा बन्द भएको नेप्से आज ०.८० अंकले बढेर २६४१.८५ विन्दुमा पुगेको हो ।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ । सोमबार ३ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
Read full story at source (bishowkhabar.com)