जापान पठाउने भन्दै ११५ जनाबाट करिब ३ करोड ठगी
onlinekhabar.com · Tue Aug 11 10:10:50 GMT 2026

२६ साउन, काठमाडौं । जापान पठाउने भन्दै करिब ११५ जनाबाट करिब ३ करोड ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७ का २९ वर्षीय प्रतीक बुढाथोकी छन् । उनलाई बुटवलबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । बुढाथोकीले जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी गरेको आरोप छ । यो कसुरमा उनीविरुद्ध वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएको थियो ।
Read full story at source (onlinekhabar.com)