हुलाक सेवालाई निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढाइनेछ - सञ्चारमन्त्री तिमिल्सिना
arthasansar.com

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई सार्वजनिक–निजी साझेदारी मोडेलमा अघि बढाउने सरकारको योजना रहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रसँगको सहकार्यबाट मात्रै जनतालाई थप प्रभावकारी र गुणस्तरीय सेवा दिन सकिने कुरामा सरकार स्पष्ट रहेको उल्लेख गरे।
सरकारले हुलाक सेवाको सुधार र विकासलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको र यस क्षेत्रमा राम्रो प्रगतिसमेत भइरहेको दाबी गर्दै मन्त्री तिमिल्सिनाले समयसापेक्ष नतिजाका लागि हुलाकको नीतिगत र संरचनागत तहमा नै व्यापक पुनर्संरचना गर्नुपर्ने आवश्यकता औंल्याए।
Read full story at source (arthasansar.com)