को हुन् मोहम्मद बाकेर खराजी ? जो खामेनीको पनि सुन्दैनन् कुरा
annapurnapost.com · Tue Aug 11 10:17:37 GMT 2026

इरान : इरानमा सत्ताको वरिपरि सधैँ यस्ता मानिसहरूको उपस्थिति रहँदै आएको छ, जसलाई ‘सत्ताको भित्री घेराका लागि समस्या सिर्जना गर्ने तत्व’ भन्न सकिन्छ । यी मानिसहरू न त कुनै सरकारी पदमा हुन्छन्, न त उनीहरूको कुनै औपचारिक हैसियत नै हुन्छ ।
तर सत्ताको केन्द्रसँग उनीहरूको निकटता यति हुन्छ कि उनीहरूका कुरा पूर्ण रूपमा बेवास्ता गर्न सम्भव हुँदैन । पारिवारिक सम्बन्ध, धार्मिक हैसियत वा कुनै तुलनात्मक रूपमा सानो संगठनसँगको आबद्धताले यस्ता मानिसहरूलाई पर्दा पछाडि हुने निर्णयबारे जानकारी सार्वजनिक गर्ने अवसर दिन्छ । उनीहरूले उच्च सरकारी अधिकारीहरूमाथि आरोप लगाउन वा धम्की दिन सक्छन् । उनीहरूले यस्ता वक्तव्य समेत जारी गर्न सक्छन्, जसप्रति सत्ताका उच्च तहबाट प्रतिक्रिया र खण्डन आउँछ ।
Read full story at source (annapurnapost.com)