रोहितलाई पारसले भने– ‘नेपाललाई अझै तिम्रो चम्किलो योगदान आवश्यक छ’
ratopati.com · Tue Aug 11 10:28:43 GMT 2026
काठमाडौँ । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले रोहितकुमार पौडेलको कप्तानी यात्राको प्रशंसा गरेका छन् । रोहित राष्ट्रिय टोलीको कप्तानीबाट अलग भएपछि पारसले सामाजिक सञ्जालमार्फत उनको नेतृत्व र नेपाली क्रिकेटमा पुर्याएको योगदानको खुलेर प्रशंसा गरेका हुन् ।
पारसले कठिन परिस्थितिका बीच पनि रोहितले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् । उनले मैदानभित्रको प्रदर्शनसँगै मैदानबाहिर पनि रोहितले नयाँ पुस्तालाई प्रेरित गरेको बताएका छन् ।
Read full story at source (ratopati.com)