अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह
khabarhub.com · Tue Aug 11 10:38:51 GMT 2026

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ ।
सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै यादव १२ दिनदेखि अनशनमा बसिरहेका छन् । आयोगले यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि उनको जीवनरक्षाका लागि तत्काल प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको हो ।
Read full story at source (khabarhub.com)