स्मार्ट सेल प्रकरणमा २२ जनालाई प्रतिवादी बनाउन प्रहरीको राय
ratopati.com · Tue Aug 11 10:42:13 GMT 2026

काठमाडौँ । स्मार्ट सेल प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भुपेन्द्र भण्डारीसहित २२ जनालाई प्रतिवादी बनाउन राय दिएको छ । प्रहरीले अनुसन्धान पुरा गरेर काठमाडौँ जिल्ला सरकारी वकील कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको व्युरोका प्रवक्ता एसएसपी अनुपम शमसेर जबराले जानकारी दिए ।
प्रवक्ता जबराका अनुसार स्मार्ट सेलका तत्कालीन प्रबन्ध निर्देशकसहित ६ जनालाई प्रतिवादी बनाउनु पर्ने राय दिएको छ । त्यस्तै स्मार्ट सेलको सामान खरिदकर्ता ३ जना, एनसेलको ९ जना, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका २ जना र नेपाल दुरसञ्चार प्राधिकरणका १ जनालाई प्रतिवादी बनाउन राय दिइएको छ । यो प्रकरणमा प्रहरीले साउन १४ मा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भुपेन्द्र भण्डारीलाई समेत पक्राउ गरेको थियो ।
Read full story at source (ratopati.com)