कोलम्बियामा भूकम्पपछि उद्धार कार्य जारी, लुटपाटका घटना बढेपछि सेना पनि परिचालित
ratopati.com · Tue Aug 11 10:47:25 GMT 2026

बोगोटा । कोलम्बियाको पश्चिमी क्षेत्रमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको दोस्रो दिन मंगलबार पनि उद्धार तथा राहत कार्य तीव्र पारिएको छ। भत्किएका भवन र घरका भग्नावशेषमा फसेकाहरूको खोजी भइरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।
सोमबार बिहान कोलम्बियाको प्रमुख कफी उत्पादक क्षेत्रमा गएको भूकम्पमा कम्तीमा १६४ जनाको मृत्यु भएको पुष्टि भएको छ। दशकौँयताकै शक्तिशाली मानिएको उक्त भूकम्पले पेरेइरा, काली र मानिजालेसलगायतका सहरमा ठूलो क्षति पुर्याएको छ।
Read full story at source (ratopati.com)