पतञ्जलि जग्गा प्रकरणमा माधव नेपालसहितको मुद्दामा सरकारी साक्षी उपस्थित गराउन आदेश
kendrabindu.com · Tue Aug 11 10:53:52 GMT 2026

काठमाडौं। पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपा सहसंयोजक माधवकुमार नेपालसहित प्रतिवादी बनाइएका व्यक्तिविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सरकारी साक्षी उपस्थित गराउन आदेश दिएको छ।
मंगलबार विशेष अदालतका सदस्यद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा मुद्दाको सुनुवाइ भएको थियो। सुनुवाइपछि इजलासले सरकारी पक्षका साक्षी झिकाउने आदेश दिएको विशेष अदालतकी प्रवक्ता पार्वती हितानले जानकारी दिइन्।
Read full story at source (kendrabindu.com)