सुनितासँग सम्बन्ध विच्छेदको चर्चाबीच गोविन्दासँग डेटिङको चर्चामा रहेकी कोमल को हुन् ?
kalakarmi.com · Tue Aug 11 10:55:27 GMT 2026

मुम्बई– बलिउड अभिनेता गोविन्दा तथा उनकी पत्नी सुनिता आहुजा पछिल्लो समय एकअर्काबारे दिएका अभिव्यक्तिका कारण चर्चामा छन् । सुनिताले विभिन्न सार्वजनिक मञ्चमा गोविन्दाको कथित विवाहबाहिरको सम्बन्ध तथा केही अभिनेत्रीहरूसँगको नजिकपनबारे खुलेर टिप्पणी गर्दै आएकी छन् । यही विषयमा गोविन्दाले भने हालै आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् ।
समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा गोविन्दाले आफूविरुद्ध लगाइएका कथित अफेयरका आरोपप्रति प्रतिक्रिया जनाउँदै ती दावी अस्वीकार गरेका छन् । उनले चर्चा वा सफलता हासिल गर्न आफ्नै मान्छेको आलोचना गर्नु उचित हुन्छ कि हुँदैन भन्ने प्रश्नसमेत उठाएका छन् ।
Read full story at source (kalakarmi.com)