एकपटकको नेता, सधैं नेता : रोहितलाई क्यानको भावुक बिदाइ
nepallive.com · Tue Aug 11 11:01:13 GMT 2026
काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेललाई भावुक सन्देशसहित बिदाइ गरेको छ । क्यानले रोहितको कप्तानीमा नेपाली क्रिकेटले हासिल गरेका उपलब्धि र उनको योगदानको उच्च प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना दिएको हो ।
क्यानले सामाजिक सञ्जालमार्फत रोहितलाई धन्यवाद दिँदै राष्ट्रको आशा बोकेर जोश, समर्पण र अटल दृढताका साथ नेपाली टोलीको नेतृत्व गरेको उल्लेख गरेको छ । रोहितको नेतृत्वमा नेपाली पुरुष राष्ट्रिय टोलीले महत्वपूर्ण उपलब्धि हासिल गर्नुका साथै नेपाली क्रिकेटको यात्रामा लामो समयसम्म स्मरणीय रहने क्षण सिर्जना गरेको क्यानले जनाएको छ ।
Read full story at source (nepallive.com)