लामखुट्टे धपाउन धुनी लगाउँदा आगलागी, पशुचौपाया मरे
annapurnapost.com · Tue Jun 30 08:04:25 GMT 2026

गोरखा : लामखुट्टे धपाउन धुनी लगाउँदा आगलागी हुँदा गोरखामा पशुचौपाया जलेर मरेका छन् । भीमसेनथापा गाउँपालिका वडा नं. २ काउले निवासी झण्डबहादुर लामिछानेको गोठमा सोमबार राती आगालागी हुँदा भैँसी,पाडो,बाख्रा र बोका मरे।
घर नजिकै रहेको गोठमा आगो लाग्दा एउटा भैँसी, एउटा पाडो, चारवटा बाख्रा र तीनवटा बोका जलेको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । ‘बेलुकी लामखुट्टे धपाउन गोठमा लगाएको धुनी सुत्नेबेला निभाएका रहेछन्’,डिएसपी श्रेष्ठले भने, ‘तर, हावाहुरीको कारणले फेरि सल्किएर गोठमा आगालागी भएको रहेछ ।’
Read full story at source (annapurnapost.com)