सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न प्रविधिमैत्री बन्दै नेपाल प्रहरी
nagariknews.nagariknetwork.com · Tue Aug 11 11:25:48 GMT 2026

सामाजिक सञ्जालमार्फत फैलिने मिथ्या सूचना, भ्रामक सूचना, ‘डिपफेक’, ‘हेट स्पिच’ तथा साइबर ठगीका घटना बढ्दै गएपछि नेपाल प्रहरीले त्यस्ता गतिविधि नियन्त्रणका लागि प्रविधिमैत्री अनुसन्धान र निगरानी प्रणालीलाई प्राथमिकता दिएको छ।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोगबाट नागरिकबीचको सद्भाव खल्बलिन सक्ने तथा शान्ति सुरक्षामा चुनौती उत्पन्न हुन सक्ने भएकाले त्यसप्रति प्रहरी सचेत रहेको बताएका छन्। उनका अनुसार सामाजिक सञ्जालको प्रयोगबाट उत्पन्न हुने गलत गतिविधि नियन्त्रणका लागि प्रहरीले आफ्नो जनशक्ति र प्रविधिलाई थप सक्षम बनाउँदै लगेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)