सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्ने आदेश
arthasansar.com · Tue Aug 11 11:36:55 GMT 2026

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं व्यवसायी शेखर गोल्छासँग विशेष अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेको छ । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले आइतबार यस्तो आदेश दिएको हो ।
गोल्छालाई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ अन्तर्गतको कसुरमा मुद्दा दायर गरिएको थियो ।
Read full story at source (arthasansar.com)