विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैनः प्रवक्ता पोखरेल
barnanmedia.com · Mon Aug 31 21:35:00 GMT 2026

सरकारले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत वितरण र उद्धार कार्यमा कुनै कमी नराखी पूर्ण रूपमा प्रतिबद्ध भएर काम गरिरहेको स्पष्ट पारेको छ। सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भोटेकोशी बाढी र त्यसपछिको अवस्थाबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राहत वितरण गर्न नसकेको वा सरकार जिम्मेवारीबाट पछाडि हटेको भन्ने कुरा पूर्णतः निराधार र भ्रामक रहेको बताएका छन्।
राहत तथा उद्धारलाई थप प्रभावकारी बनाउन तीनै तहका सरकारबीच समन्वय भइरहेको जानकारी दिँदै उनले भदौ १४ गते बागमती प्रदेशका मुख्यमन्त्री र विपद् प्राधिकरणका कार्यकारी प्रमुखबीच ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४’ बमोजिम स्थानीय र प्रदेशको भूमिकालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए।
Read full story at source (barnanmedia.com)