गोल्छासँग एक करोड धरौटी माग
nepalnews.com · Tue Aug 11 12:01:11 GMT 2026

काठमाडौँ। विशेष अदालतले व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गरेको छ।
विशेषले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा गोल्छासँग एक करोड रुपैयाँ नगद धरौटी वा सोबराबरको बैंक जमानतमा रिहा गर्न आदेश दिएको हो। विशेषका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले गोल्छालाई मंगलबार धरौटी बुझाएपछि तारिखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।
Read full story at source (nepalnews.com)