रास्कोटमा खाद्यान्न अभाव नहुने
rajdhanidaily.com · Tue Jun 30 08:16:04 GMT 2026
कालिकोट । रास्कोट नगरपालिकाले वर्षामा खाद्यान्न मौज्दात राख्ने भएको छ । वर्षायाममा हुनसक्ने खाद्यान्न अभावलाई ध्यान दिँदै नगरपालिकाको खाद्य डिपोमा खाद्यान्न मौज्दात राख्ने भएको हो । वर्षायामलाई पुग्नेगरी खाद्यान्नको मौज्दात, भण्डारण अवस्था, वितरण प्रक्रिया, गुणस्तर तथा सर्वसाधारणलाई सहज रूपमा खाद्यान्न उपलब्ध गराउनेगरी नगरपालकाले काम गरिरहेको नगरपालिका प्रमुख धर्मराज शाहीले बताए ।
“वर्षायाममा बाढीपहिराका कारणले सडक अवरुद्ध हुनेलगायत समस्याका कारणले खाद्यान्न ढुवानीमा समस्या हुन्छ”, उनले भने, “नगरपालिकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा सञ्चालन गरिएको खाद्य डिपोमा आवश्यक परिमाणमा खाद्यान्न मौज्दात गरिराखेको छौँ ।”
Read full story at source (rajdhanidaily.com)