रविलाई फकाउँदै प्रचण्ड : बाध्यता कि उपयोग ?
ratopati.com · Tue Aug 11 12:15:00 GMT 2026

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको प्रशंसा गर्दै आएका छन् । सोमबार सिंहदरबारमा संसदीय मामिला पत्रकारसँगको छलफलमा पनि प्रचण्डले रविको प्रशंसा गर्न कुनै कसर बाँकी राखेनन् ।
रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहबाहेक रास्वपाका नेताहरूसँग नियमित संवाद हुने गरेको प्रचण्डले बताएका थिए । सभापति रवि, सभामुख डोलप्रसाद अर्याल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, शिक्षामन्त्री शिशिर खनाल आफ्नै क्याबिनेटका सदस्य भएकाले उनीहरूको स्वभाव राम्रोसँग बुझेको जिकिर गरे । प्रचण्डले पछिल्लो समय रविमा राजनीतिक परिपक्वता देखिँदै गए पनि प्रधानमन्त्री बालेनमा त्यो नदेखिएको बताएका थिए ।
Read full story at source (ratopati.com)