स्मार्ट टेलिकम घोटाला: एनसेल, एनआईएमबी र एनटीएका कर्मचारीसहित २२ जनाविरुद्ध ९६ अर्ब बिगो दाबी गर्न सिफारिस
techpana.com · Tue Aug 11 12:06:07 GMT 2026

काठमाडौं । सरकारी स्वामित्वमा आउन लागेको स्मार्ट टेलिकमको अर्बौँ मूल्य बराबरको सम्पत्ति र पूर्वाधार गैरकानुनी रूपमा लिलामी एवं हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई प्रतिवेदन बुझाएको छ । शुक्रबार सरकारी वकिल कार्यालयलाई राय सहितको अनुसन्धान प्रतिवेदन बुझाएको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमसेर जबराले टेकपानालाई जानकारी दिए ।
प्रतिवेदनमा एनसेल, एनआईएमबी बैंक, तत्कालीन स्मार्ट टेलिकम र नियामक नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) का कर्मचारीहरू गरेर २२ जनालाई प्रतिवादी बनाउनुपर्ने राय दिइएको प्रवक्ता जबराले बताए । उनका अनुसार आरोपीहरूबाट कुल ९६ अर्ब रुपैयाँ बराबरको बिगो माग दाबी गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
Read full story at source (techpana.com)