ब्रोड पिक हिमपहिरो : नेपाल ल्याइयो थप तीन आरोहीको शव
baahrakhari.com · Tue Aug 11 13:08:58 GMT 2026

काठमाडौं । पाकिस्तानको ब्रोड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका थप तीनजना नेपाली आरोहीको शव स्वदेश ल्याइएको छ ।
किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपराह्न कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो । उनीहरूको शव नक्सालस्थित नेपाल पर्वतारोहण संघको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ ।
Read full story at source (baahrakhari.com)