सिरियाली अदालतद्वारा पूर्वराष्ट्रपति असदसहित सात अधिकारीलाई मृत्युदण्डको फैसला
corporatenepal.com · Tue Aug 11 13:05:34 GMT 2026

दमास्कस । सिरियाली अदालतले पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्डको सजाय सुनाएको छ । अदालतले मङ्गलबार असदको अनुपस्थितिमा सुनुवाइ गर्दै करिब १४ वर्ष लामो गृहयुद्धका क्रममा भएका अत्याचारमा दोषी ठहर गरेको हो।
डिसेम्बर २०२४ मा उहाँ सत्ताच्युत भएपछि गठन भएको अन्तरिम सरकारअन्तर्गत असद शासनकालमा भएका अपराधका लागि सुनाइएको यो पहिलो ठूलो फैसला हो। अन्तरिम नेतृत्वले ती अपराधमा न्याय र जवाफदेहिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै आएको छ।
Read full story at source (corporatenepal.com)