उद्यमी शेखर गोल्छासँग एक करोड रूपैयाँ धरौटी माग
barnanmedia.com · Tue Aug 11 13:15:04 GMT 2026

विशेष अदालतले व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छासँग एक करोड रुपैयाँ वा सो बराबरको जायजेथा धरौटी माग गरेको छ।
विशेषले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा गोल्छालाई एक करोड रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानतमा रिहा गर्न आदेश दिएको हो। विशेषका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले गोल्छालाई मंगलबार धरौटी बुझाएपछि तारिखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।
Read full story at source (barnanmedia.com)