मनाइयो घण्टाकर्ण पर्व
nepalnews.com · Tue Aug 11 13:29:33 GMT 2026

काठमाडौँ। काठमाडौँ उपत्यकालगायत देशभरका नेवार समुदायले मंगलबार घण्टाकर्ण पर्व मनाएका छन्।
घण्टाकर्ण पर्वलाई काठमाडौँ उपत्यकाका नेवार समुदायले गठेमंगल पर्वका रूपमा मनाउने गर्छन्। हरेक वर्ष साउन शुक्ल चतुर्दशीमा नास्तिक गठांमुगःलाई दाहसंस्कार गरी घण्टाकर्ण अर्थात् गठांमुगः चःह्रे मनाउने गरिन्छ। भक्तपुरमा मनाइने गठेमंगलको छुट्टै आकर्षण छ। त्यहाँ टोलटोलमा नर्कट, छ्वाली, नाङ्लो, हाँडीबाट मानवरुपी तीनखुट्टे, गठांमुगः को पुतला बनाइन्छ।
Read full story at source (nepalnews.com)