कुलेश्वरबाट स्रोत नखुलेको ७६ लाख बरामद, एक जना पक्राउ
ratopati.com · Tue Aug 11 13:58:02 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ स्थित कुलेश्वरबाट प्रहरीले स्रोत नखुलेको ७६ लाख नेपाली रुपैयाँ बरामद गरेको छ । स्रोत नखुलेको रकम सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–१ घर भएका ३३ वर्षीय जितेन्द्र साह तुरहा छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले नगद बरामद गरेको हो । कुलेश्वरमा बरामद गरिएको रकम गणना गर्ने काम भइरहेको काठमाडौँका एसएसपी दिलिप घिमिरेले बताए । उनले भने, ‘गणना गरेर रकम यकिन गर्दैछौ ँ ।’
Read full story at source (ratopati.com)