ह्वाट्सएपमा थपियो नयाँ फिचर : अब प्रयोग गर्न फोन नम्बर नचाहिने
annapurnapost.com · Tue Jun 30 08:22:17 GMT 2026

काठमाडौं : विश्वभरका तीन अर्ब बढी प्रयोगकर्ताका लागि ह्वाट्सएपले अब अकाउन्टका लागि युजरनेम रोज्ने सुविधा ल्याएको छ । यो परिवर्तनको मुख्य उद्देश्य गोपनीयता बढाउनु हो, जसले गर्दा प्रयोगकर्ताले आफ्नो फोन नम्बर नदिई पनि ह्वाट्सएपमा अरूसँग सम्पर्क गर्न सक्ने छन् । मेटा प्लेटफम्र्सको स्वामित्वमा रहेको ह्वाट्सएपले सोमबारदेखि प्रयोगकर्ताले आफ्नो युनिक युजरनेम रिजर्भ गर्न सक्ने जनाएको छ । कम्पनीले यो सुविधा यसै वर्षको अन्त्यसम्म सबै प्रयोगकर्ताका लागि पूर्ण रूपमा उपलब्ध गराउने योजना बनाएको छ ।
ह्वाट्सएपकी हेड अफ प्रोडक्ट एलिस न्यूटन–रेक्सका अनुसार, युजरनेम सुविधाले विशेष गरी नयाँ व्यक्तिसँग जोडिँदा वा कुनै समूह (ग्रुप) च्याटमा सहभागी हुँदा आफ्नो फोन नम्बर कसले देख्न पाउने भन्ने विषयमा प्रयोगकर्तालाई बढी नियन्त्रण दिनेछ । कम्पनीले यसलाई गोपनीयताको दृष्टिले ठूलो सुधार (अपग्रेड) भएको जनाएको छ ।
Read full story at source (annapurnapost.com)