५० जना माउन्टेन गाइडलाई कन्टेन्ट क्रिएटर तालिम प्रदान
clickmandu.com · Tue Aug 11 14:14:43 GMT 2026

काठमाडौं । नेपालका पर्यटकीय गन्तव्य र पर्वतीय अनुभवलाई डिजिटल माध्यममार्फत विश्व बजारमा पुर्याउने उद्देश्यले पर्वतीय गाइडहरूलाई लक्षित गरी तीनदिने कन्टेन्ट क्रिएसन तालिम प्रदान गरिएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहलमा संचालित दिगो पर्यटन परियोजना (एसटीपी) ले माउन्टेन गाइड एसोसिएसन अफ नेपालको समन्वयमा आयोजना गरेको प्रशिक्षणमा ५० पर्वतीय गाइडको सहभागिता थियो ।
पहिलो चरणमा जुलाई २९-३१ र दोस्रो चरणमा अगस्ट ५ देखि ७ सम्म सञ्चालन भएको प्रशिक्षणको मंगलबार नेपाल पर्यटन बोर्डको हलमा समापन गरिएको हो । प्रशिक्षार्थीहरुलाई कथा निर्माण, कन्टेन्टको संरचना, दृश्य प्रस्तुति तथा अभ्यासमार्फत सिर्जनात्मक क्षमता अभिवृद्धिमा जोड दिइएको थियो ।
Read full story at source (clickmandu.com)