भारतको ८० करोड ३० लाख अनुदानमा नेपालमा ८ सामुदायिक परियोजना निर्माण हुने
lokaantar.com

भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रसँग सम्बन्धित ८ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन हुने भएका छन् । ती परियोजनाको कूल अनुमानित लागत ८० करोड ३० लाख रूपैयाँ (नेरू) रहेको छ ।
परियोजना सञ्चालनका लागि काठमाडौंस्थित भारतीय राजदूतावास, नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा सम्बन्धित परियोजना कार्यान्वयन निकायबीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
Read full story at source (lokaantar.com)