ह्युन्डाई नेपालद्वारा ‘मेड-इन-नेपाल’ भेन्यू र भेन्यू एन लाइन सार्वजनिक
clickmandu.com · Tue Aug 11 14:24:40 GMT 2026

काठमाडौँ । नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नेपालमै एसेम्बल गरिएको ‘मेड-इन-नेपाल’ ह्युन्डाई भेन्यू र भेन्यू एन लाइन सार्वजनिक गरेको छ। नयाँ डिजाइन, उन्नत प्रविधि, उत्कृष्ट प्रदर्शन र उच्च सुरक्षासहित आएको यो नयाँ भेन्यूले कम्प्याक्ट एसयूभी क्षेत्रमा नयाँ मानक स्थापित गर्ने विश्वास लिइएको छ।
नेपालमा उत्पादित ह्युन्डाई भेन्यू सशक्त र आकर्षक डिजाइनका साथ प्रस्तुत गरिएको छ। यसमा ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर ल्याम्प, पावर टिल्ट-एण्ड-स्लाइड सनरुफ, १०.२५ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले र सुरक्षाका लागि ६ वटा एयरब्यागहरू रहेका छन्। यो गाडी १.२-लिटर र १.०-लिटर टर्बो पेट्रोल इन्जिनको विकल्पमा उपलब्ध छ, जसले आरामदायी यात्रा र उत्कृष्ट कार्यक्षमता सुनिश्चित गर्दछ।
Read full story at source (clickmandu.com)