धवलले राजसंस्था नै नचाहेको दुर्गा प्रसाईंको आरोप, राणाहरु देशमा भएसम्म राजा नआउने दाबी
nepalpress.com · Tue Aug 11 14:36:32 GMT 2026

काठमाडौं । एउटै पार्टी गठनको तयारीमा रहेका दुई नेता डा. धवलशम्शेर राणा र दुर्गा प्रसाईंबीच गम्भीर अन्तरविरोध सिर्जना भएको छ । प्रसाईंले आज विष्फोटक अभिव्यक्ति दिँदै धवलशम्शेरले राजसंस्था नै नचाहेको आरोप लगाएका छन् ।
राणाले हिजो एक टेलिभिजनमा अन्तरवार्ता दिँदै दरबार हत्याकाण्ड तत्कालीन युवराज दीपेन्द्रले गराएको बताएका थिए । यसमा प्रसाईंले आपत्ति जनाए । दरवारलाई कमजोर बनाउने गरी धवलशम्शेरले अभिव्यक्ति दिएको र यसमा माफी माग्नुपर्ने उनको भनाइ छ । आफ्नो नयाँ बन्न लागेको पार्टीभित्र ‘सीआइए’(अमेरिकी खुफिया एजेन्सी) पसेको समेत उनले टिप्पणी गरेका छन् ।
Read full story at source (nepalpress.com)