विदेशी विश्वविद्यालयका डिग्रीलाई समकक्षता दिन बन्द गरिएको भन्दै फैलिएको खबर भ्रामक, के हो सत्य ?
techpana.com · Tue Aug 11 14:47:43 GMT 2026

काठमाडौं । पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा विदेशी विश्वविद्यालयबाट प्राप्त शैक्षिक उपाधि (डिग्री) को समकक्षता नेपालमा बन्द गरिएको भन्ने खबरले विद्यार्थी र अभिभावकहरूमा ठुलो भ्रम सिर्जना गरेको पाइएको छ । त्रिभुवन विश्वविद्यालयले समकक्षता दिन अस्वीकार गरेको र शीर्ष १००० भित्र नपर्ने विश्वविद्यालयका डिग्रीले मान्यता नपाउने जस्ता कुराहरूले अन्योल बढाएको हो ।
तर, वास्तविकता के हो भने नेपालमा विदेशी डिग्रीको समकक्षता दिने कार्य बन्द भएको होइन, मात्र जिम्मेवार निकाय परिवर्तन भएको हो ।विगत लामो समयदेखि विदेशी शैक्षिक उपाधिको समकक्षता निर्धारण गर्ने कार्य त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पाठ्यक्रम विकास केन्द्रले गर्दै आएको थियो । तर, नेपाल सरकारले केही नेपाल ऐन संशोधन गर्ने ऐन २०८२ मार्फत सो जिम्मेवारी विश्वविद्यालय अनुदान आयोग (यूजीसी) लाई सुम्पिएको छ ।
Read full story at source (techpana.com)