फ्लेम अवार्ड्स एसिया २०२६ मा नेपालको दबदबा
nepalviews.com · Tue Aug 11 15:14:32 GMT 2026

काठमाडौं । नेपालले फ्लेम अवार्डस एशिया २०२६ मा शानदार प्रदर्शन गरेको छ । आउटरीच नेपाल, लेमन र डिजिटल इनले संयुक्त रूपमा कुल १७ अवार्ड जितेका छन् । यसमा १३ गोल्ड, ३ सिल्भर र १ ब्रोन्ज रहेका छन् ।
७ अगस्टमा नयाँ दिल्लीको ताज भिभान्त, द्वार्कामा आयोजित समारोहमा यी अवार्ड प्रदान गरिएको हो । विभिन्न लिडिङ ग्लोबल तथा डोमेस्टिक ब्राण्डका लागि तयार गरिएका क्रिएटिभ क्याम्पेनले यी अवार्ड जितेका हुन् । Rural Marketing Association of India (RMAI) द्वारा आयोजित फ्लेम अवार्डस एशियाले भारत तथा एशियाका इमर्जिङ मार्केट्समा उत्कृष्ट मार्केटिङ तथा कम्युनिकेसन कार्यलाई सम्मान गर्दै आएको छ । कन्ज्युमर इन्साइट, इनोभेसन, क्रिएटिभिटी, टेक्नोलोजी, कम्युनिटी इन्गेजमेन्ट तथा मेजरेबल इम्प्याक्टमा आधारित उत्कृष्ट कामलाई यहाँ सम्मान गरिन्छ ।
Read full story at source (nepalviews.com)