नेपाल ‘प्याक्स सिलिका’मा सहभागी भएको हो कि होइन सरकारले प्रस्ट पारोस् : वर्षमान पुन
khabarhub.com · Tue Aug 11 15:17:10 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपाल खनिजसँग सम्बन्धित ‘रणनीतिक तथा सामरिक महत्त्व’का अन्तर्राष्ट्रिय साझेदारीमा संलग्न भएको आशंका गर्दै त्यसबारे सरकारले संसद्लाई स्पष्ट जानकारी दिनुपर्ने माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक– २०८३ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले विशेष गरी रणनीतिक महत्त्वका खनिजको अन्वेषण तथा उत्खनन् विदेशी कम्पनीलाई दिनेसम्बन्धी ‘प्याक्स सिलिका’मा नेपाल सहभागी भएको हो कि होइन भन्ने प्रश्न गरे । विधेयकको मस्यौदमा सरकारले रणनीतिक तथा सामरिक महत्त्वका खनिज घोषणा गर्न सकिने प्रस्ताव गरको भन्दै त्यो संविधानको धारा २७९ को व्यवस्थाविपरीत रहेको बताए ।
Read full story at source (khabarhub.com)