ललितपुरमा अनधिकृत संरचना सात दिनभित्र हटाउन सूचना
nepallive.com · Tue Aug 11 15:19:22 GMT 2026

ललितपुर – ललितपुरको भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजनाले आयोजनाभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना सात दिनभित्र हटाउन सम्बन्धित व्यक्तिलाई आग्रह गरेको छ ।
आयोजनाको व्यवस्थापन उपसमितिको बैठकले गत असार ३१ गते स्वीकृत गरेको नक्सा तथा लेआउटअनुसार ए, बी र डी ब्लकको बीचबाट कायम गरिएको ६ मिटरको बाटो फिल्डमा समेत कायम गरी ढलान गर्नुपर्ने भएकाले उक्त बाटोको सीमाभित्र पर्ने भौतिक संरचना हटाउन सूचना जारी गरिएको हो ।
Read full story at source (nepallive.com)