चितवनमा मर्निङवाकमा निस्किएका वृद्धको बाघको आक्रमणबाट मृत्यु
ratopati.com · Tue Aug 11 15:21:36 GMT 2026

चितवन। चितवनको भरतपुर महानगरपालिका–२८ जितपुरमा मर्निङवाकमा निस्किएका ६५ वर्षीय मंगले बोटेको बाघको आक्रमणबाट मृत्यु भएको छ। मंगलबार बिहान करिब ५ बजे मर्निङवाकमा निस्किएका बोटे बेपत्ता भएपछि खोजी सुरु गरिएको थियो।
बिहान करिब ८ बजे बाघ देखिएको खबर प्राप्त भएपछि प्रहरी टोली तत्कालै घटनास्थलमा पुगेको थियो। नेपाली सेना, राष्ट्रिय निकुञ्जको प्रशासन टोली तथा स्थानीय जनप्रतिनिधिको सहयोगमा हात्ती प्रयोग गरेर खोजी सुरु गरिएको थियो।
Read full story at source (ratopati.com)