पोर्चुगलले काठमाडौँमा कहिलेदेखि सुरु गर्छ कन्सुलर कार्यालय ?
ratopati.com · Tue Aug 11 15:56:28 GMT 2026

काठमाडौँ। सरकारले पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न अनुमति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न अनुमति दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । कार्यालय कहिलेदेखि सञ्चालनमा आउने भन्ने मिति भने खुलाइएको छैन ।
नेपालले काठमाडौँमा कूटनीतिक प्रतिनिधित्व हुने गरी पोर्चुगलको मिसन खोल्न आग्रह गर्दै आएको थियो । नेपालले गरेको आग्रहबमोजिम पोर्चुगल सरकारले हाललाई काठमाडौँमा कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरी नेपाल सरकारसँग सहमति मागेको थियो । सोहीअनुसार मन्त्रिपरिषद्ले कार्यालय स्थापना गर्न सहमति दिएको हो ।
Read full story at source (ratopati.com)