एकै दिन पाँच ठाउँमा चोरी : हरिसिद्धीमा चोरी गरेर भाग्दै गरेका महर्जन सीसीटीभीको मद्दतले पक्राउ
ratopati.com · Tue Aug 11 16:01:07 GMT 2026

ललितपुर । ललितपुरमा एकै दिन पाँच फरक-फरक ठाउँमा चोरी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–१४ ठैब बस्ने ३३ वर्षीय सुरज महर्जन रहेका छन्।
प्रहरीले उनको साथबाट चोरी गरिएका भारी मात्रामा सुनचाँदीका गहना, नगद र चोरीमा प्रयोग गरिएका औजारहरू समेत बरामद गरेको छ। गत साउन २२ गते ललितपुर महानगरपालिका वडा नम्बर २८, हरिसिद्धीस्थित रिना महर्जनको घरबाट सुनचाँदीका गरगहना चोरी भएको सूचना प्रहरीलाई प्राप्त भएको थियो।
Read full story at source (ratopati.com)