सभामुखसँग अस्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता
barnanmedia.com · Tue Aug 11 16:22:02 GMT 2026

सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सङ्घीय संसद्, प्रतिनिधि सभाका सभामुखको कार्यकक्षमा मङ्गलबार भएको भेटवार्तामा नेपाल-अस्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य, जनस्तरीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो।
भेटवार्तामा सभामुख अर्यालले सङ्घीय संसद्ले नेपाल-अस्ट्रेलिया संसदीय मैत्री समूह गठन गरेको जानकारी गराउँदै संसदीय मैत्री समूहलाई प्रभावकारी रूपमा परिचालन गरी दुवै देशका सांसदबिच नियमित आदानप्रदान र संस्थागत संलग्नता बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले साझा हितका क्षेत्रमा सहकार्य विस्तार तथा पारस्परिक समझदारी अभिवृद्धिका लागि संसदीय मैत्री समूहले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो।
Read full story at source (barnanmedia.com)