तस्बिरमा पाटनको मिप्वा: लाखे नाच
nepalnews.com · Tue Aug 11 16:31:59 GMT 2026

काठमाडौँ। लाखे भन्नेबित्तिकै धेरैले येँया: (इन्द्रजात्रा) मा देखाइने मजिपा: लाखेको नृत्य सम्झन्छन्। तर काठमाडौँ उपत्यकामा त्यसबाहेक पनि विभिन्न स्थान र समुदायअनुसार फरक-फरक लाखे नाच प्रदर्शन हुँदै आएका छन्।
गथांमुग: अर्थात् घण्टाकर्ण पर्व सँगै नेवार समुदायको बसोबास रहेका विभिन्न स्थानबाट लाखेहरू निस्किरहेका छन्। राक्षसी स्वरूपमा प्रस्तुत गरिए पनि नेवार समुदायले लाखेलाई देवताकै रूपमा पुज्दै आएका छन्। राक्षसी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीकका रूपमा लिइने लाखे नाचको आ-आफ्नै धार्मिक तथा सांस्कृतिक महत्त्व छ।
Read full story at source (nepalnews.com)