जुवा खेलिरहेको अवस्थामा १३ लाखसहित १६ जना नियन्त्रणमा
baahrakhari.com · Tue Aug 11 16:49:55 GMT 2026

काठमाडौं । प्रहरीले आज बिहान जुवा (कौडा) खेलिरहेको अवस्थामा नगद १३ लाख बढी र कौडासहित १६ जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।
काभ्रेपलान्चोक, खानी खोला गाउँपालिका–६ का ४२ वर्षीय रेशमबहादुर घ्यावा, सिन्धुपाल्चोक, सुनकोसी गाउँपालिका–३ का ३१ वर्षीय सुमन गिरी, दोलखा, सुरी गाउँपालिका–६ की ४५ वर्षीया हेमा गुरुङ, चितवन, कालिका नगरपालिका–९ की ४० वर्षीया शान्ता लामा, काभ्रेपलान्चोक, मण्डनदेउपुर नगरपालिका–१० का ४० वर्षीय नवराज नेपाल, सिन्धुपाल्चोक, सुनकोसी गाउँपालिका–४ का ३८ वर्षीय अमर तामाङ, नुवाकोट, ककनी गाउँपालिका–६ का ४० वर्षीय रमन लामा, नुवाकोट, ककनी गाउँपालिका–६ का ३७ वर्षीय नवीनकुमार लामा, सोही ठाउँका ३३ वर्षीय सन्तोष डङ्गोल, ३९ वर्षीय चित्रबहादुर लामा, ६२ वर्षीय मङ्गलबहादुर तामाङ, झापा, कनकाई नगरपालिका–५ का ४३ वर्षीय टीकाराम बराल, ललितपुर महानगरपालिका–१४ का ४८ वर्षीय उमेश चौधरी, नुवाकोट, शिवपुरी गाउँपालिका–६ का ३४ वर्षीय सुजन तामाङ, सिन्धुपाल्चोक, सुनकोसी गाउँपालिका–३ का ३५ वर्षीय सरोज गिरी तथा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–९ का यसबहादुर तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
Read full story at source (baahrakhari.com)