सत्तापक्षकै सांसद नहुँदा बैठक स्थगित: सांसदहरूद्वारा आत्मालोचना
ratopati.com · Tue Aug 11 17:00:43 GMT 2026

काठमाडौँ । सदनको बिजनेसलाई सहज रूपमा अघि बढाउने मुख्य जिम्मेवारी सत्ता पक्षको भए पनि मंगलबारको प्रतिनिधिसभा बैठक सांसदहरूको अनुपस्थितिका कारण प्रभावित भएको छ । ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने महत्त्वपूर्ण कार्यसूची रहेका बेला गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो ।
बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले सांसदको संख्या न्यून रहेको भन्दै गणपूरक संख्यामाथि प्रश्न उठाएका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले तीन मिनेटसम्म घण्टी बजाएर सांसदको उपस्थिति गणना गर्न निर्देशन दिएका थिए । गणनाका क्रममा ६९ जना सांसद हुनुपर्नेमा जम्मा ६१ जना मात्र उपस्थित देखिएपछि बैठक स्थगित गर्नु परेको हो । गणपूरक संख्या नपुगेका कारण अब यो विधेयकमाथिको छलफल र संशोधनको प्रक्रिया एक सातापछि अर्थात् भदौ १ गतेसम्मका लागि रोकिएको छ ।
Read full story at source (ratopati.com)