शोभा पाठकलाई अश्लील गाली दिएको आरोपमा मङ्गल थापाविरुद्ध साइबर मुद्दा, पक्राउ गर्न प्रहरी सक्रिय
barnanmedia.com · Tue Jun 30 08:38:16 GMT 2026

सामाजिक सञ्जाल फेसबुकमार्फत शोभा पाठकलाई अश्लील गालीगलौज, अपमान तथा चरित्रहत्या गरेको आरोपमा मङ्गलबहादुर थापाविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता भएको छ। नेपाल प्रहरीको साइबर ब्युरोले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले केही दिनअघि काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो।
अभियोग लागेका बझाङको खप्तडछान्ना गाउँपालिका–७ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक–७ बस्ने ३२ वर्षीय मङ्गलबहादुर थापा हालसम्म पक्राउ परेका छैनन्। पक्राउ हुन नसकेपछि प्रहरीले उनलाई फरार प्रतिवादीको सूचीमा राखेको छ।
Read full story at source (barnanmedia.com)