महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो
baahrakhari.com · Tue Aug 11 17:15:20 GMT 2026

महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव एक लाख आठ हजार ६१ क्युसेक पुगेको छ । महाकाली नदीमा मंगलबार बेलुकीदेखि पानीको जलस्तर बढेपछि पश्चिमी नाका भएर आवागमन प्रभावित बनेको छ ।
यहाँको शारदा ब्यारेज (बनबासा पुल) मा बेलुकी ५:०० बजेपछि चारपाङ्ग्रे सवारीसाधनको आवागमन रोकिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक जीवन गुरुङले जानकारी दिए ।
Read full story at source (baahrakhari.com)