यमनको मारिबमा सरकारी सेना र हुथीबिच भिडन्त, ११ जनाको मृत्यु
ratopati.com · Tue Aug 11 17:19:54 GMT 2026

काठमाडौँ । यमनको उत्तरपूर्वी तेलसम्पन्न मारिब प्रान्तमा सरकारी सेना र हुथी विद्रोहीबिच भएको झडपमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । मृतकमध्ये ८ जना हुथी लडाकु र तीन जना सरकारी सैनिक रहेको स्थानीय सैन्य अधिकारीले बताएका छन् ।
नाम नखुलाउने सर्तमा ती अधिकारीका अनुसार मारिब बाँधनजिकैको जबल अल–बाल्क मोर्चामा भएको झडपमा दुवै पक्षका कैयौँ लडाकु घाइते भएका छन् । उक्त पहाडी क्षेत्र सरकारी नियन्त्रणमा रहेको मारिब सहरनजिकै पर्छ ।
Read full story at source (ratopati.com)