करदाता प्रोत्साहन उपहार विजेता उपभोक्तामध्ये दुई वटा कुपनको छानबिन हुने
canadanepal.com · Tue Aug 11 17:57:00 GMT 2026

काठमाडौँ । आन्तरिक राजस्व विभाग, करदाता सेवा शाखा लाजिम्पाटलक यही साउन १ देखि १५ गतेसम्म सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक गरेको छ ।
कार्यक्रमअन्तर्गत बम्पर उपभोक्ता पुरस्कारतर्फ हेमराज जोशी विजेता बनेका छन् । उनले १० लाख जितेका छन् । विजेता उपभोक्ता पुरस्कारतर्फ १३ जना छनोट भएका छन् । छनोट हुनेमा अनिषा फौदार खनाल, अमित राई, नरेन्द्रबहादुर विके, हिमाल अर्याल, राजकुमार लामिछाने, अर्जुनकुमार न्यौपाने, सपना न्यौपाने खरेल, सञ्जय श्रेष्ठ, मनोज सिंह, किरण सुनुवार, प्रवीण कँडेल, एकता शर्मा श्रेष्ठ र सहारा गुरुङ रहेका छन् ।
Read full story at source (canadanepal.com)