भारतसँग सम्बन्ध सुधार्न चाहन्छ बङ्गलादेश
ratopati.com · Tue Aug 11 18:10:26 GMT 2026

काठमाडौँ । बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै पूर्वप्रधानमन्त्री शेख हसिनाको प्रत्यर्पण, सीमा विवाद तथा लामो समयदेखि विचाराधीन पानी बाँडफाँटलगायतका विषय समाधान गर्न चाहेको जनाएको छ । बङ्गलादेशको संसद्को विदेश मामिला मन्त्रालयसम्बन्धी स्थायी समितिका अध्यक्ष तथा बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी) का सांसद जह्रत अदीब चौधरीले भारतसँग ‘राम्रो र स्वस्थ सम्बन्ध’ निर्माण गर्नु सरकारको प्राथमिकता रहेको बताएका हुन् ।
एएनआईसँगको कुराकानीमा चौधरीले करिब दुई वर्षको राजनीतिक अस्थिरतापछि गत फेब्रुअरीमा जनादेश प्राप्त गरी सरकार गठन गरेको बीएनपीले विदेश नीतिमा ‘बङ्गलादेश पहिलो’ दृष्टिकोण अपनाएको बताए । उनले भारतसँगको सम्बन्ध पनि दुवै देशलाई लाभ हुने ‘विन–विन’ रणनीतिका आधारमा अघि बढाउने सरकारको नीति रहेको स्पष्ट पारे ।
Read full story at source (ratopati.com)